अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा अझै घटेन वायु प्रदुषण

काठमाडौंमा अझै घटेन वायु प्रदुषण


काठमाडौं – दुई सातायता काठमाडौंमा उच्च बनेको वायु प्रदूषण अझै घटेको छैन । अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरकोे सूचीमा काठमाडौं आज बिहान बिहान १०ः४५ बजे तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ ।

आइक्यू एयरका अनुसार सो समयमा काठमाडौंमा वायु प्रदूषणको मात्रा १६२ यूएस एक्यूआई एयर क्वालिटी इन्डेक्स छ । विश्वका १२२ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा भारतको दिल्ली र दोस्रोमा बंगलादेशको ढाका छन् । वातावरण विभागको वायुको गुणस्तर सूचकांकमा कीर्तिपुर, भक्तपुर, खुमलटार, रत्नपार्कमा प्रदूषणको मात्रा १५६ देखि १६२ एक्यूआई छ ।

काठमाडौंमा छिटफुट वर्षा भए पनि देशका विभिन्न स्थानमा डढेलोका घटना भइरहेकाले प्रदूषण कम नभएको विज्ञहरू बताउँछन् । विभागका उपमहानिर्देशक तरादत्त भट्ट ठूलो हावाहुरी वा वर्षा नभएसम्म प्रदूषणको मात्रा नघट्ने बताउँछन् । वायु प्रदूषण उच्च भएसँगै आँखा, छाला र श्वासप्रश्वासमा विभिन्न समस्या निम्तिन सक्ने भएकाले सजग रहन विज्ञहरूको सुझाव छ ।