अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ: सभापति देउवा

लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ: सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भित्रका कमजोरीलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताउनुभएको छ। 

स्वर्गीय सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले अहिलेको व्यवस्थालाई नै संस्थागत गरेर लैजानु पर्ने बताउनुभयो ।

नेपालमा गणतन्त्र आइसकेकोले अब राजतन्त्र फर्कने कुरा सम्भव नरहेको उहाँले प्रष्ट पार्नुभयो। ‘राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू लागेका  छन्, अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ। व्यवस्थामा समस्याहरू र कमी कमजोरी छन् भने पनि सुधार गर्ने ठाउँहरू छन्, यही व्यवस्थालाई अझ समय अनुकूल स्वीकार्य बनाएर लैजाऔँ, अब राजा फर्काउने कुरा असम्भव देख्छु मैले, किनकि यसका लागि दुई तिहाइ चाहिन्छ,’ उहाँले भन्नुभयो । 

देउवाले सूर्यबहादुर थपा पञ्चायतका प्रधानमन्त्री भए पनि उहाँ बहुदलको पक्षमा भएको बताउनुभयो । नेपालमा बहुदलीय व्यवस्था ल्याउन थापाको योगदान रहेको उहाँले स्मरण गर्नुभयो ।