अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप पाँच वर्षका लागि कोशी प्रदेशसभाको सचिवमा गोपाल पराजुली नियुक्त

थप पाँच वर्षका लागि कोशी प्रदेशसभाको सचिवमा गोपाल पराजुली नियुक्त


विराटनगर – पाँच वर्षे कार्यकाल पुरा गरेर अवकास पाउन लागेका गोपालप्रसाद पराजुली कोशी प्रदेशसभाको सचिवमा पुनः नियुक्ति भएको छ ।

सभामुख अम्बरबहादुर बिष्टको सिफारिसमा सोमबार प्रदेश प्रमुख परशुराम खापुङले पराजुलीलाई पुनः सचिवमा नियुक्त गर्नुभएको हो ।

पराजुलीको पदावधि यही वैशाख ८ गतेसम्म रहेको थियो । पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त हुनु भएको थियो ।

उनलाई नेपालको संविधानको धारा १९५ (१) अनुसार सभामुख विष्टले सचिवमा नियुक्तिको सिफारिस प्रदेश प्रमुखसमक्ष गरेका थिए । प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ ।

कार्यकाल पुरा गरेपछि पनि पुनः एक कार्यकाल पुनःनियुक्ति हुनसक्ने कानुनी प्राबधान अनुसार पराजुलीले निरन्तरता पाउने भएका हुन । उनले अब करिब अढाइ वर्ष प्रदेशसभाको नेतृत्व गर्नेछन् । त्यसपछि भने ६५ वर्षको उमेर हदको कारण उनले अनिवार्य अवकास पाउनेछन् ।