अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङलाई भोट माग्न एमाले अध्यक्ष ओली इलाममा

सुहाङलाई भोट माग्न एमाले अध्यक्ष ओली इलाममा


इलाम-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न इलाम आइपुग्नभएको छ।

इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि आज हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाममा आइपुग्नुभएको हो।

एमालेले आज देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभाको आयोजना गरेको छ। साे चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ।

नेकपा एमाले झापाको बैठकलाई सम्बोधन गर्न झापा पुग्नुभएको अध्यक्ष ओली मंगलबार बेलुका त्यतैबाट इलाम जानु भएको हो।

सभामा अध्यक्ष ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत एमालेका केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीले जनाएको छ।

अध्यक्ष ओलीले बुधरबार बिहान पार्टीका नेता कार्यकर्तासँगै इलाममा एमाले उम्मेदवारलाई समर्थन गर्ने विभिन्न दलका नेताहरूसँग भेटघाट र छलफल गर्नुभएको छ। सो क्रममा चुनावी अभियानका साथै समसामयिक राजनीतिक विषय तथा विकास निर्माण लगायतका विषयमा छलफल भएको छ। 

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलामा–२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। संविधान सभाका सभामुख तथा एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको सो स्थानमा हुन लागेको उपनिर्वाचनमा सुवासकै छोरालाई एमालले उम्मेदवार बनाएको छ। 

वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ। एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ हुनुहुन्छ। त्यस्तै नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार केन्द्र लिम्बूसहित २० जनाले उम्मेदवारी दिएका छन्।

एमालेका उम्मेदवारलाई सो निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा माओवादी, परिवार दल लगायतले समर्थन गरेका छन् ।