अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गायक कृष्ण विकको नयाँ गीत ‘नीरमाया’ सार्वजनिक

गायक कृष्ण विकको नयाँ गीत ‘नीरमाया’ सार्वजनिक

प्रियंका, आशिर्वाद र सलिनाको अभिनय (भिडियो)


काठमाडौं-गायक कृष्ण विकको नयाँ म्युजिक भिडियो ‘नीरमाया’ सार्वजनिक भएको छ। गायक विक र गायिका स्मिता दाहालको स्वर रहेको गीतको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की, एक्सन हिरोको छवि बनाएका आशीर्वाद क्षेत्री र मोडल सलिना खत्रीले अभिनय गरेका छन्।  ‘नाइँ नभन्नु ल ६’ बाट एक्सन अवतारको रुपमा दर्शकको मन जितेका आशिर्वादको यो डेब्यु म्युजिक भिडियो हो।

प्रेम भावले ओतप्रोत भएको गीतमा शब्द ,संगीत भीम बिसीको रहेको छ। जीबी आग्रीले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन तथा सम्पादक मिलन श्रेष्ठले गरेका हुन्। भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन्।

गायक विकले गीत/ म्युजिक भिडियाेकाे संख्यामाभन्दा गुणस्तरलाई ध्यान दिदै आएका छन्। आफ्नो म्युजिक भिडियोको कलाकार छनोटमा विशेष क्षमता राख्ने विकले यसअगाडि गत असोजमा ‘रातो टिकी’ सार्वजनिक गरेका थिए । जसमा महानायक राजेश हमाल, दिलीप रायमाझी, केकी अधिकारी, नीता ढुंगाना लगायतका प्रसिद्ध कलाकारकाे अभिनय रहेको थियो। गायक विककाे ‘हजुर मुसुक्कै’, ‘यानि माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।