काठमाडौँ-नेकपा (एमाले)ले आफ्नो पार्टीको केन्द्रीय कार्यालय भाटभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा नबनाउने भएको छ।
जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गत सोमबार सचिवालय बैठकमा प्रस्तुत गरेको व्यवसायी गुरुङले दान दिएको जग्गामा नभई बल्खुस्थित एमालेको नाममा रहेको जग्गामै पार्टी कार्यालय भवन बन्ने प्रस्ताव गरेका छन्।
‘कलङ्कीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती)लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ।
१३ रोपनी क्षेत्रफलमा रहेको बल्खुको सो ठाउँमा नयाँ भवन बनाउन नक्सा डिजाइनको काम भइरहेको नेताहरूले बताएका छन्। २०५० सालमा निर्माण गरिएको भवन २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएपछि ११ वर्षदेखि एमाले पार्टी कार्यालय भाडाका घरबाटै चलिरहेको छ।
चर्चित सपिङ मल भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङले १० असोज २०८१ मा १० रोपनी जग्गा दिने र त्यसमा भवनसमेत बनाइदिने घोषणा गरेका थिए ।




प्रतिक्रिया