अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा बढेको छ: पूर्वराष्ट्रपति भण्डारी

कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा बढेको छ: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनले मुलुकको स्वाभिमान रक्षा र राष्ट्रियताको संरक्षणको लागि महत्त्वपूर्ण भूमिका खेलको बताउनुभएको छ। 

आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै भण्डारीले नेपालका कम्युनिष्टले जनताको आवाज बोक्ने गरेका बताउनुभयो । त्यसले जनताको विश्वास जित्न सकेको उहाँको भनाइ छ। ‘कम्युनिष्ट आन्दोलन प्रति जनताको आशा र भरोसा बढेको छ’, उहाँले भन्नुभयो ।