अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिद्धार्थ माध्यमिक विद्यालयमा पङ्खा खस्दा दुई विद्यार्थी घाइते

सिद्धार्थ माध्यमिक विद्यालयमा पङ्खा खस्दा दुई विद्यार्थी घाइते


वीरगञ्ज- वीरगञ्ज महानगरपालिका–१४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा सञ्चालन भइरहेका बेला पङ्खा अचानक खस्दा दुई विद्यार्थी घाइते भएका छन्।

बिहीबार विद्यालयमा कक्षा-७ को पढाइ चलिरहेका क्रममा पङ्खा खसेर विद्यार्थीहरू घाइते भएका हुन्। घाइते विद्यार्थीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

घटनापछि शिक्षक र विद्यालय प्रशासनले तत्काल उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याएका थिए। घाइते दुवैको अवस्था सामान्य रहेको विद्यालय स्रोतले जनाएको छ।

घटनापछि अभिभावकहरूले विद्यालयमा प्रयोग भइरहेका विद्युतीय सामग्री र भौतिक संरचनाको नियमित निरीक्षण गर्न माग गरेका छन्। विद्यालय प्रशासनले घटनाबारे छानबिन गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाइने जनाएको छ।