अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुहाङ नेम्वाङलाई अध्यक्ष ओलीको प्रश्नः कति भोटले जित्नुहुन्छ ?

सुहाङ नेम्वाङलाई अध्यक्ष ओलीको प्रश्नः कति भोटले जित्नुहुन्छ ?


इलाम-२०८० वैशाख १५ गते इलाम-२ हुने उपनिर्वाचनको अन्तिम चुनावी सभाको कार्यक्रममासँगै बस्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उम्मेदवार सुहाङ नेम्वाङसँग कानेखुसी गर्नुभएको छ।

कानेखुसीमा के कुरा भयो भन्नेबारे सबैलाई जिज्ञासा लाग्न सक्छ तर अध्यक्ष ओलीले आफ्नो फेसबुकमार्फत जानकारी गराउनुभएको छ।

अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ। मैले सुहाङसँग सुटुक्क सोधेँ– कति भोटले जित्नुहुन्छ ? सुहाङको जवाफ थियो– त्यो त इलामेली जनतालाई सोध्नु पर्छ। जनतामाथि उहाँको विश्वास मलाई मन पर्‍यो।’

अध्यक्ष ओली आज चुनावी आमसभालाई सम्बोधन गर्न इलामको चुलाचुली पुग्नुभएको हो। अध्यक्ष ओली भद्रपुर विमानस्थल झापा अवतरण गरेर चुलाचुली पुग्नुभएको हो।

अध्यक्ष ओलीले इलामको क्षेत्र-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले चुनाव जित्ने दाबी गर्नुभएको छ। उहाँले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुहाङले चुनाव जित्ने दाबी गर्नुभयो।