डोटी-डोटीमा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आर्दश गाउँपालिका १ सिरास्यानीमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको हो।
आर्दशबाट मेल्लेख गइरहेको सुपप्र ०१ ००१ च १३९५ नम्बरको जिप भित्री सडकमा अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो।
घाइते भएका ४ जनालाई उद्धार गरेर उपचारको लागि मेल्लेख स्वास्थ्य चौकीमा पुर्याइएको प्रहरीले जनाएको छ। जिपमा सवार यात्रु कति थिए भन्ने यकिन हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्द नेतृत्वको टोली पनि घटनास्थलमा खटिएको छ।
प्रतिक्रिया