अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुलिखेल नगरपालिकाको नगरसभामा पेश भएको प्रदेश संरचना खारेज गर्ने प्रस्ताव सर्वसम्मतीले पारित

धुलिखेल नगरपालिकाको नगरसभामा पेश भएको प्रदेश संरचना खारेज गर्ने प्रस्ताव सर्वसम्मतीले पारित


काठमाडौं- धुलिखेल नगरपालिकाका १७ औं नगरसभाले प्रदेश संरचना खारेजीको प्रस्ताव सर्वसम्मत ढंगले पास गरेको छ ।
नगरप्रमुख अशोक व्याञ्जुका अनुसार आजको नगर नगरपरिषद बैठकमा सभासदस्य अर्जुन न्यौपानेले प्रदेश संरचना खारेजीको प्रस्ताव गर्नु भएको थियो । न्यौपानेले प्रदेश संरचना खारेजी गर्नुपर्ने पाँचवटा कारण उल्लेख गर्नुभएको छ ।
न्यौपानेले पेश गरेको प्रस्तावमा प्रदेश सरकार खारेज गरी त्यहाँ छुटट्याइएको बजेट सिधै स्थानीय तहलाई उपलब्ध गराउन माग गरिएको छ । प्रदेश खारेजीको कारणहरु बुँदागत रुपमा उल्लेख गर्दै न्यौपानेले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरेको,बजेट नीति सरकारको हैसियतमा संविधान बमोजिक विनियोजन नगरेको,संविधानको सहअस्तित्व,सहकार्य र समन्वयको सिद्धान्त विपरित कार्य गरी स्थानीय सरकारलाई उपेक्षा गरेको आरोप लगाइएको छ । यसैगरी स्थानीय सरकारको अधिकार र जिम्मेवारीलाई कुण्ठित गरेको र व्यक्तिवादी कार्य गरेको र जिल्ला स्थित कार्यलय र त्यसको कामले स्थानीय सरकारलाई कुण्ठित गरेको आरोप लगाउदै नगरसभामा प्रस्ताव गरिएको थियो ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुका अनुसार न्यौपानेको प्रस्तावलाई नगरसभाले सर्वसम्मत रुपमा पास गरेको छ ।