अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र यादवले सत्ता गठबन्धन ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौं: मन्त्री साह

उपेन्द्र यादवले सत्ता गठबन्धन ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौं: मन्त्री साह


काठमाडौँ-संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको बताउनु भयो।

आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताउनु भयो।

‘अध्यक्ष यो सरकारको स्थायित्वको पक्षमा हुनुहुन्न। यसको विपरीतमा हुनुहुन्छ,’ मन्त्री साहले भन्नुभयो ‘त्यसैले सरकारको स्थायित्वका लागि हामीले यस्तो गरेका हौं, म आफैं मन्त्री छु सरकारलाई दिएको समर्थन जारी रहन्छ।’