अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दल विभाजन भएपनि वर्तमान सरकारलाई समर्थन रहन्छ: इस्तियाक राई

दल विभाजन भएपनि वर्तमान सरकारलाई समर्थन रहन्छ: इस्तियाक राई


काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको नेतृत्व गरेका मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाहीविरुद्ध विद्रोह गरेको बताउनुभएको छ।
नयाँ दल निर्वाचनका लागि निवेदन लिएर आयोग पुगेका नेता राईले दल विभाजन भए पनि वर्तमान सरकारलाई समर्थन रहने बताउनुभयो।

‘उपेन्द्र यादवको तानाशाही र अधिनायकवादविरुद्ध विद्रोह भएको हो, पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहन्छ’, राईले भन्नुभयो।

विद्रोही समूहले ७ सांसद र कार्यकारिणी समितिका ८ सदस्यसहित आइतवार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।