अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राईको नयाँ पार्टीमा जसपाका सात सांसदसहित ३० केन्द्रीय सदस्य

अशोक राईको नयाँ पार्टीमा जसपाका सात सांसदसहित ३० केन्द्रीय सदस्य


काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलगिंदै नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राइले निर्वाचन आयोगमा निवेदन दिनु भएको छ। सात सांसदसहित ३० केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाउनु भएको हो।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। सहअध्यक्ष रेणुकुमारी यादव बन्नुभएको छ। नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। डा. वीरेन्द्र महतोलाई कोषाध्यक्ष बनाइएको छ।

नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ। हस्ताक्षर गरेका सात सांसद आयोग कार्यालयमा पुगेका छन्। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला पार्टी विभाजन भएको छ।