अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक जारी

नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक जारी


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी संसदीय दलको बैठक सुरूभएको छ।

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक सुरूभएको राससलाई जानकारी दिनुभयो।

यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ। बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ।’