अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको गण्डकीद्वारा आयोजित जनप्रतिनिधिको प्रशिक्षण सम्पन्न

एमालेको गण्डकीद्वारा आयोजित जनप्रतिनिधिको प्रशिक्षण सम्पन्न


पोखरा- नेकपा एमाले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तीन दिने प्रशिक्षण सोमबार पोखरामा सम्पन्न भएको छ।

प्रशिक्षण समापनका अबसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहालले प्रशिक्षण पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा फलदायी भएको र सुखी नेपाल सम्बृद्ध नेपालको आधार निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। सो प्रशिक्षण नियमित वार्षिक रूपमा आयोजना हुने भन्दै स्थानीय तहमा रहेका आफ्ना जनप्रतिनिधिलाई कार्य सम्पादनमा दक्षता बढाउदै एमालेलाई बलियो राष्ट्रीय शक्तिका रूपमा स्थापित गराउने उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममा पोलिटब्युरो सदस्य मना के सी ले प्रशिक्षणले कार्य दक्षता बढाउन सहयोगी हुने उल्लेख गर्दै पार्टी र स्थानीय जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्यमा फलदायी हुने उल्लेख गर्नुभयो।

एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्माको अध्यक्षतामा सम्पन्न समापन समारोहको संचालन प्रदेश कमिटी सचिव धनन्जय दवाडीले गर्नुभएको थियो।

तीन दिनसम्म चलेको सो प्रशिक्षणमा उपमहासचिव प्रदिप ज्ञवाली सहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल, साेही विभागका सचिव हर्कराज राई, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल, प्राध्यापक डाक्टर तत्व तिम्सिना सहितका नेताहरूले सहजिकरण गर्नुभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिब दवाडीले जानकारी दिनुभयो ।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख ,उपप्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उपप्रमुख र प्रत्येक जिल्लाबाट एकजना वडा अध्यक्षसहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करीब एकसय जनाको सहभागिता रहेको नेकपा एमाले गण्डकी प्रदेशका स्थानीय तह बिभाग प्रमुख एबम प्रदेश कमिटी सदस्य लिलाधर पौडेलले जानकारी दिनुभयो।