अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता


काठमाडौँ-जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता प्रदान गरेको छ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो।

 राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताउनु भयो

उहाँका अनुसार, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको हो।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको पाण्डेको भनाइ छ।

हिजो आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलगिंदै नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राईले निर्वाचन आयोग पुगेर निवेदन दिनुभएको थियो। सात सांसदसहित ३० केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाउनु भएको थियो।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। सहअध्यक्ष रेणुकुमारी यादवलाई बनाइएको छ। नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ। डा. वीरेन्द्र महतोलाई कोषाध्यक्ष बनाइएको छ।