अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन-८४ शुरू भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ: अध्यक्ष ओली 

मिसन-८४ शुरू भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ: अध्यक्ष ओली 


काठमाडौं-नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गर्नुभएको छ।

सोमबार काठमाडौँमा वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले उपनिर्वाचनको परिणामले मिसन-८४ को सफलताको सुरुवात भइसकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘उपचुनावको जतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात हो । मिसन ०८४ लाई सफल पारेर छाड्छौं।’

राष्ट्रिय शक्तिको रुपमा रहेको एमाले ०८४ पछि निर्णायक शक्ति बन्ने दाबी उहाँले दावी गर्नुभयो। बहुमतविना नै मन्त्री बन्ने प्रवृत्ति हाबी भएको भन्दै उनले त्यसप्रति टिप्पणी पनि गर्नुभयो।

अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गराउनुभयो । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो ।