अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।

मंगलबार विहान ८ बजे बैठक बोलाएको रास्वपा दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो।

‘आगामी बजेट अधिवेशन र संसदीय कामकारवाहीका सन्दर्भमा छलफल गर्ने एजेण्डा छ,’ उपनेता श्रेष्ठले भन्नुभयो, ‘इलाम उपचुनाव, समसामयिक घटनाक्रम र पार्टी सम्बन्ध लगायत विषय छन्।’

जनता समाजवादी पार्टी विभाजन भएपछि नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेको बेला बस्न लागेको रास्वपाको दलको बैठकलाई चासो पूर्वक हेरिएको छ।