अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठकमा अध्यक्ष ओलीले भन्नभयो: रविजीलाई संसद्‌मा बोल्न दिनुपर्छ

सर्वदलीय बैठकमा अध्यक्ष ओलीले भन्नभयो: रविजीलाई संसद्‌मा बोल्न दिनुपर्छ


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्ने बताउनु भएको छ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा ओलीले सो कुरा बताएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो।

उहाँका अनुसार आजको छलफल निकै सकारात्मक भएको छ। 

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले पनि कमसेकम गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिनुपर्छ भन्नुभयो,’ परियारले भन्नुभयो, ‘उहाँमाथि शंका उठेपछि त्यसबारे स्पष्ट पार्न दिनुपर्छ, यो न्यायाको सामान्य सिद्धान्त हो।’

प्रतिनिधिसभाको बर्खे अधिवेशन आगामी वैशाख २८ गतेका लागि बोलाइएको छ। सो बैठकअघि सभामुख देवराज घिमिरेले मंगलबार दलका नेताहरूसँग छलफल गर्नुभएको थियो।