अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्लाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे

संसद्लाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे


काठमाडौँसभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताउनुभएको छ।

मङ्गलबार सिंहदरबारमा शीर्ष नेताहरूसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो। उहाँले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार पारेको दाबी गर्नुभयो।

सभामुख घिमिरेले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताउनुभयो। उहाँले समस्याको समाधान कतिपय राजनीतिक दलहरूको बिचबाट हुने र कतिपय संसदबाट हुने बताउनुभयो। उहाँले संसद्लाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरू यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो।

सभामुख घिमिरेले संसद् राम्रोसँग सञ्चालन गर्न दलहरूको भूमिका निर्णायक हुने र आउँदा दिनमा दलहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।