अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रसुवा जिल्ला अध्यक्षमा जर्नादन ढकाल

एमाले रसुवा जिल्ला अध्यक्षमा जर्नादन ढकाल


रसुवा-नेकपा एमालेको नवौं रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ। आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो। कमिटीको उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिवमा पेम्वा लामा, उपसचिवमाद्वय चमेली गुरुङ, र सुकबहादुर तामाङ रहनुभएको छ।

यसैगरी सदस्यमा भवानीप्रसाद न्यौपाने, हेमनाथ खतिवडा, अम्बिका पौडेल, बेली बुलुन, प्रतिमा लामा, नवीना लामा, कुमार नगरकोटी, विष्णुप्रसाद पौडेल लगायत रहनुभएको छ। यसैगरी लेखा आयोगका संयोजकमा गोविन्द घिमिरे चयन हुनुभएको छ। यही वैशाख २२ गते पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । जिल्ला कमिटीको सबै पद सर्वसम्वतले चयन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो।