अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने छ: महासचिव पोखरेल

नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने छ: महासचिव पोखरेल


ताप्लेजुङ-नेकपा एमालेका महासचिव शङ्खर पोखरेलले आउँदो आर्थिक वर्षको नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने बताउनुभएको छ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘आउँदो नीति तथा बजेटबाट देशलाई नयाँ दिशामा लैजान्छौँ। विकास तथा समृद्धिको दिशामा देश अगाडि बढ्न नसकेकाले नयाँ गठबन्धनको आवश्यकताको आधारमा सरकार बनेको हो।’

 देशको विकास तथा समृद्धिको पक्षमा एमाले रहेकाले कतिपय महत्वपूर्ण मन्त्रालय अरुलाई दिएको उहाँको भनाइ थियो। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको सरकार पूरा समय अवधिसम्म रहने र नयाँ सत्ता समीकरण दलहरुको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताउनुभयो।

नयाँ गठबन्धनको साझा नीति तथा कार्यक्रम आउँदो बजेट तथा नीति कार्यक्रममार्फत आउने उहाँले जानकारी दिनुभयो। धेरै कमजोर राजनीतिक दलहरु भएमा देश विकासको दिशामा जान नसक्ने भएकाले अब बलियो राजनीतिक दल हुन आवश्यक परेकाले नेकपा एमाले त्यसतर्फ लागेको पोखरेले स्पष्ट पार्नुभयो।