अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङको सपथ आज

सुहाङको सपथ आज


काठमाडौं- इलाम २ को उपनिर्वाचनबाट निर्वाचित साँसद सुहाङ नेम्वाङको सपथ आज हुने भएको छ ।

प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराएर संसदको लोगो लगाइदिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । इलामबाट निर्वाचित साँसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि रिक्त भएको ठाउँमा बैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी हुनु भएको हो ।