अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: मुख्यमन्त्रीमा दाबी गरेका कार्की समर्थकको सनाखत सुरू

कोशी प्रदेश: मुख्यमन्त्रीमा दाबी गरेका कार्की समर्थकको सनाखत सुरू


विराटनगर-कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि हस्ताक्षर सनाखत सुरु भएको छ। कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई समर्थन गरेका सांसदको सनाखत सुरु गरेको हो।

कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि बिहीबार एमाले नेता हिक्मत कुमार कार्कीले दाबी पेस गर्नुभएको थियो।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित कार्कीले आज बिहान दाबी पेस गरेका थिए।

सरकार गठनका लागि  बिहीबार १२:३० बजे दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसाथ उपस्थित भई सनाखत गर्न भनिएको थियो। सोही अनुसार सनाखत प्रक्रिया सुरु भएको हो ।