अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त हुनुभएको छ।

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार (वैशाख २७) गते मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित नेता कार्कीले आज बिहान दाबी पेस गर्नुभएको थियो।

मुख्यमन्त्री दाबी पेश लगत्तै ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेका थिए । ती ५२ जना सांसदको सनाखत सकिएसँगै कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो। 

नेता भण्डारीका अनुसार आजै साँझ ५ बजे उहाँको शपथ कार्यक्रम राखिएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए। 

नेपाली कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।