अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा

अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पूरा


काठमाडौं-नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवको तयारी पूरा गरेको छ।

जेठ १ देखि ३ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो।

देशभर रहेका पाँच सय वटा शैक्षिक संस्थाबाट एक लाख विद्यार्थीलाई महोत्सवमा सहभागी गराउने लक्ष्य राखिएको अनेरास्ववियुका उपाध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक धर्म गिरीले जानकारी दिनुभयो। विद्यार्थीका लागि यो अति नै उपयोगी हुने र विद्यार्थीलाई देशमै केही गर्न सकिन्छ भन्ने खालको सकरात्मक सन्देश दिनका लागि पनि महोत्सव कोशेढुंगा सावित हुने उहाँले बताउनु भयो।

देशभरका विद्यार्थीका विभिन्न नविनतम प्रतिभा महोत्सव स्टलमा राखिने जनाइको छ। महोत्सव अविधभर निःशुल्क स्वास्थ्य शिविर, सात वटै प्रदेशबाट साँस्कृतिक एक्सपोसमेत संचालन हुनेछ। विभिन्न क्षेत्रका तीन सय वटा स्टल रहनेछन्। सामुदायिक र सरकारी विद्यालयलाई स्टल निःशुल्क रुपमा व्यवस्था गरिएको संंयोजक गिरीले जानकारी दिनुभयो।

महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी छ।