अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समिति बनाइयो भने कांग्रेसले तत्काल गृहमन्त्रीको राजीनामा माग्छ: अध्यक्ष ओली

संसदीय समिति बनाइयो भने कांग्रेसले तत्काल गृहमन्त्रीको राजीनामा माग्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यदी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाइएको खण्डमा नेपाली कांग्रेसले तत्काल राजीनामा माग गर्न सुरु गर्ने टिप्पणी गर्नुभएको छ।

शुक्रबार संसद् बैठक बस्नुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले गृहमन्त्री लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताउनुभयो।

‘हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले। राजीनामा अहिले मागेको पो छैन,’ ओलीले भन्नुभयो, ‘केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले  समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ।’