अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय छानबिन समिति बन्दैन: देवेन्द्र पौडेल

संसदीय छानबिन समिति बन्दैन: देवेन्द्र पौडेल


काठमाडौं-नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समिति नबन्ने बताउनु भएको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सदन अवरोध गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो‍।

उहाँले भन्नुभयो, ‘व्यक्ति विशेषलाई ताकेर होइन, समग्र सहकारी पीडितलाई न्याय दिने गरी र सहकारीमा भएका अपचलनका विषयहरूलाई सही ढंगले छानबिन गर्न समिति बनाउन सकिन्छ त भनिएकै छ।’

संसद् चलाएर कानून बनाउनु पर्ने उहाँले बताउनु भयो। उहाँले संसद् अवरोध गरेर कसैलाई फाइदा नहुने पनि बताउनु भयो।

उहाँले बजेट अधिवेशनको पहिल्यै दिन कांग्रेसले सदनमा अवरोध गरेर संसदीय अभ्यास विपरीत गतिविधि गरेको आरोप लगाउनु भयो।