अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेश भट्टराईको टिप्पणी: एमाले फुटाउन देउवाले अध्यादेश ल्याएको होइन ?

योगेश भट्टराईको टिप्पणी: एमाले फुटाउन देउवाले अध्यादेश ल्याएको होइन ?


काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले फागुन २१ गते सत्ता समीकरण फेरिएपछि झड्का लागेर नचाहिँदो कुरा उठाएको टिप्पणी गर्नुभएको छ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारककर्मीहरुसँग कुरा गर्दै सचिव भट्टराईले कांग्रेसले उत्तेजना देखाएर संसद् बैठक अवरोध गरेको टिप्पणी गर्नुभयो। उहाँले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई नै फाइदा नहुने बताउनुभयो।

सचिव भट्टराईले भन्नुभयो, ‘फागुन २१ गते राजनीतिक समीकरण बदलिएपछि कांग्रेसलाई झड्का लागेको छ। त्यही झड्का लागेको कांग्रेसले अहिलेकाहीं नचाहिँदो एक्सन गरिरहेको छ, यसले कांग्रेसलाई फाइदा गर्दैन। इतिहासले क्षम्य गर्छ भन्ने लाग्दैन। त्यसलाई पुर्नविचार गरोस् कांग्रेसले दिएन भनेर सरकारसँग अनेक विकल्प छन्, हामीले त्यो बाटो जान चाहँदैनौं । संसदबाटै निरुपण होस् भन्ने चाहन्छौं।’

सचिव भट्टराईले शेरबहादुर देउवाले २० प्रतिशतको प्रावधान राखेर एमालेलाई विभाजन गर्ने अध्यादेश ल्याएको आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘हिजो २० प्रतिशतको प्रावधान राखेर एमालेलाई विभाजन गर्ने अध्यादेश उहाँहरूले ल्याउनुभयो। उहाँहरूको कुरा के थियो ? स्वयं प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएर हाम्रो पार्टी फुटाएको होइन ?’