अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगनलाई रविको चुनौती: ऋण लिएको प्रमाण ल्याउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ

गगनलाई रविको चुनौती: ऋण लिएको प्रमाण ल्याउनुस् राजनीति छाड्छु, नसके तपाईंले छाड्नुपर्छ


काठमाडौं-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सुर्यदर्शन सहकारीबाट ऋण लिनका लागि आफूले निवेदन दिएको प्रमाण ल्याए राजनीति नै छाड्ने चुनौती दिनुभएको छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले ऋण लिएको प्रमाण छ भन्दै सदनमा भनेकोमा आपत्ति जनाउँदै रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेले सो चुनौती दिनुभएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यदी गगन थापाजीले कुनै प्रमाण पेस गरे आफूले राजनीतिबाट बिदा लिने र प्रमाण ल्याउन नसके गगनले राजनीतिबाट बिदा लिनुपर्ने बताउनु भयो।

गगन थापालाई चुनौती दिंदै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘संसदीय छानबिन समितिको चिन्ता भएन। माननीय गगन कुमार थापाले आफैँले ऋण मागेको प्रमाण छ भन्नुभयो, मेरो चुनौती छ, उहाँले त्यो प्रमाण दिनुभयो भने, मैले कुनै ऋण माग्न निवेदन दिएको प्रमाण उहाँले दिनुभयो भने मैले राजनीति छाडिदिन्छु, नत्र उहाँले दिन सक्नुभएन भने उहाँले छाड्नुपर्छ।’