अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन थापालाई रविको चुनौति : डर र रवि एकै ठाउँ बस्दैनन् थापाजी

गगन थापालाई रविको चुनौति : डर र रवि एकै ठाउँ बस्दैनन् थापाजी


काठमाडौं -उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसलाई काइते तर्क नगर्न चेतावनी दिनुभएको छ । उहाँले कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो आफूले फारम भरेर सहकारी बाट ॠण मागेको लिएको प्रमाणित भए राजनीति छाडिदिने बताउनुभएको छ । यदि त्यस्तो प्रमाणित नभए थापालाई राजनीति छोड्न चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो ? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीतिसँग आफू नडराएको तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? भनेर प्रश्न गर्नुभएको छ । उहाँले थापाले चुनौति दिंदै भन्नुभएको छ डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापाजी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ।
आज दिउसो संसदमा थापाले लामिछाने सहकारी ठग भएको भन्दै तिव्र आलोचना गर्नु भएको थियो ।
केहीबेर अघि सामाजिक सञ्जालमा लामिछानेले गगन थापालाई लक्षित गर्दै फेसबुकमा थप यस्तो लेख्नु भएको छ –
तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने ?दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने ? घेराउ गर्ने ? अझ डारायो भन्ने ? यहि हो कांग्रेसको लोकलन्त्र ?
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।