अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिक आदेश

खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिक आदेश


काठमाडौं-सर्वोच्च अदालतले गण्डकी सरकारविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासबाट जारी आदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन असर पर्ने गरी कुनै निर्णय नगर्न भनिएको छ। अन्तरिम आदेश जारी हुने नहुने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्ष बोलाएको छ। रिटलाई अग्राधिकार दिई जेठ ८ गते पेसीमा चढाउन पनि इजलासले भनेको छ।
प्रदेश सभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि सर्वोच्चले जारी गरेको छ।

वैशाख २३ गते ६० सदस्यीय प्रदेश सभामा अधिकारीले विश्वासको मत लिँदा ३० सांसदको समर्थन पाएका थिए। २७ ले विपक्षमा मतदान गर्दा २ जना सांसद तटस्थ बसेका थिए।