धादिङ-नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
प्रेस सेन्टर नेपाल धादिङले आज धादिङबेंसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जिवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो।
‘राष्ट्रिय सहमतिमा जति ढिला ग¥यो देशको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुन्छ। सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयो। प्रवक्ता सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवद्र्धनमा जोड दिने खालको बजेट ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो। सबैका लागि समृद्धि हुने नीति, कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउन आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो।




प्रतिक्रिया