अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रुकुम पूर्व-दाङ सम्पर्क मन्चको अध्यक्षमा राजिमान बुढा निर्वाचित

एमाले रुकुम पूर्व-दाङ सम्पर्क मन्चको अध्यक्षमा राजिमान बुढा निर्वाचित


रूपन्देही-नेकपा एमाले रुकुम पूर्व-दाङ सम्पर्क मन्चको प्रथम भेलाबाट अध्यक्षमा राजिमान बुढा निर्वाचित हुनुभएको छ। २०८० वैशाख २९ गते शनिबार मन्चको प्रथम भेला दाङको घोराहीमा सम्पन्न भएको हो।

सम्पन्न सो भेलाबाट सर्वसम्मत रुपमा सर्वसम्मत राजिमान बुढा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हाे। त्यस्तै उपाध्यक्ष तेजकुमार खड्का , सचिवमा राजन घर्ती मगर, सचिवमा सुनिल गौतम र रिमा रोका मगर चुनिनु भएको छ। भेलाले १५ सदस्यीय सम्पर्क मञ्च चयन गरेको छ ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र नेकपा एमाले रुकुम पुर्व जिल्ला कमिटी अध्यक्ष लिलामणि गौतम, पश्चिम अध्यक्ष नन्दराम देबकोटा ले सम्बोधन गर्नुभएको थियो।

रुकुम पुर्व जिल्ला कमिटी सदस्य सुसनध्वज पौडेलको अध्यक्षता तथा अनेरास्ववियुका राजन घर्ती मगरको स्वागत तथा प्रेम प्रकाश ओलीको संचालनमा सम्पन्न भएको थियो।