अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अशोक राई नेतृत्वको जसपाबाट यादव र ठाकुर मन्त्री बन्दै

अशोक राई नेतृत्वको जसपाबाट यादव र ठाकुर मन्त्री बन्दै


काठमाडौं-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ। एक स्रोतका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै सो पार्टीबाट फुटेको राई नेतृत्वको जसपाले मन्त्रीको नाम पठाएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको एक स्रोतले जानकारी दिएको छ। झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन।