अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम आजको संसद बैठकमा प्रष्तुत हुने

सरकारको नीति तथा कार्यक्रम आजको संसद बैठकमा प्रष्तुत हुने


काठमाडौं- सरकारको आगामी आर्थिक वर्ष २०८\८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्दैहुनुहुन्छ।

सरकारको वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गर्न आग्रह गरिएको छ ।

सहकारी प्रकरण छानविनका लागि संसदीय छानविन समिती माग गर्दै संसद अवरोध गरिरहेको नेपाली काँग्रेसले आजको बैठकमा के गर्ला भन्ने टुंगो लागेको छैन ।