काठमाडौं-सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल थाल्नुभएको छ। सिंहदबारस्थित सभामुखको कार्यकक्षमा केहीबेर अघि छलफल सुरु भएको हो।
आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
उक्त बैठक बस्नुअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्नुभएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसद् अवरोध नगर्ने निर्णय गरेको छ।
प्रतिक्रिया