अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन


काठमाडौं-इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा मंगलबार मध्यान्ह सवा १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उहाँकी श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको थियो भने उहाँका दुई छोरा रहेका पारिवारिक स्रोतले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टी  गरिनेछ।