विराटनगर-कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोज्नु भएको छ। उहाँले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताउनु भयो।
जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो। मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गर्नुभएको हो।
कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद हुनुहुन्थ्यो। उहाँले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी छैनन् ।
प्रतिक्रिया