अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको स्थापना दिवस

विद्यार्थी महोत्सव भृकुटी मण्डपमा सुरू 

विद्यार्थी महोत्सव भृकुटी मण्डपमा सुरू 


काठमाडौँ-‘इम्पावारिङ माइन्ड्स, सेपिङ फ्युचर’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको स्थापना दिवसको अवसरमा आजदेखि ‘विद्यार्थी महोत्सव’ भृकुटी मण्डपमा सुरू भएको छ।

विद्यार्थीको रचनात्मक गतिविधिहरू जोडेर विद्यार्थीलाई विभिन्न सीप तथा ज्ञानको बारेमा सिकाइनुका साथै प्रदर्शन गरिएको छ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गरिएको बताउनु भयो। युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्न लागिएको अध्यक्ष बडालले जानकारी दिनुभयो।

 अध्यक्ष बडालले भन्नुभयो, ‘विद्यार्थी महोत्सव’ मा १५० भन्दा बढी शैक्षिक स्टल राखिएका छन्। महोत्सवमा अनेरास्ववियुको इतिहास, लाइभ म्युजिक, प्रत्यक्ष परियोजनाहरू, करियर काउन्सिलिङ, बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर, फुड स्टल, ई– गेमिङ प्रतियोगिता, रोबोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका कार्यक्रम तथा स्टलहरू राखिएको छ।’

महोत्सवमा नेपाली विद्यार्थीहरूका विज्ञान र प्रविधिसँग सम्बन्धित खोज, अनुसन्धान र नवप्रवर्तनका विषय पनि प्रदर्शनी गरिने अनेरास्ववियुले जनाएको छ ।