अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔँ: योगेश भट्टराई

प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔँ: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले यही निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्वको सम्भावना कम भएको बताउनु भएको छ।

अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी महोत्सवमा आयोजित कार्यक्रममा आजको निर्वाचन प्रणालीले कसैको बहुमत आउने सम्भावना नरहेको बताउनु भएको हो।

सचिव भट्टराईले भन्नुभयो, ‘संसदले प्रधानमन्त्री बनाउँछ भने त्यो संसदले कस्तो प्रधानमन्त्री बनाउँछ ? संसदले बहुमत भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउँछ कि पाँच छ वटा दल मिलेर प्रधानमन्त्री बनाउँछ ? आजको व्यवस्था यही हो। आजको व्यवस्थामा जाने हो भने त्यो पार्टीसँग बहुमत हुने ग्यारेन्टी के हुन्छ ? त्यो त हामीले भन्न सकिँदैन।’

सचिव भट्टराईले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रणालीबाट जाने अर्को विकल्प पनि हुनसक्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘संविधान निर्माणको बेलामा एमालेको धारणा राष्ट्रपति सेरेमोनियल बनाऔँ, प्रधानमन्त्री प्रत्यक्ष चुनिएर आउने बनाऔँ, त्यो हुँदा स्थायित्व होला भन्ने हाम्रो त्यो बेलामा प्रस्ताव थियो। अहिले यही व्यवस्थामा जाने भए हामीले जुन निर्वाचन प्रणाली थपेका छौँ, त्यसको अर्को विकल्प भनेको प्रत्यक्ष निर्वाचित हुने संसदीय व्यवस्था, सांसदहरू प्रत्यक्ष निर्वाचित हुने, समानुपातिकलाई राष्ट्रियसभामा व्यवस्थित गरौँ। आजको निर्वाचन प्रणालीले बहुमत ल्याउने सम्भावना छ। त्यसैले बहुमत प्राप्त प्रधानमन्त्री दिने सम्भावना पनि छ।