अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने

सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने


कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ। आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिदै हुनुहुन्छ। आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ।

एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले करिब विश्वासको मत पाउने निश्चित जस्तै भएको छ।

वैशाख ६ गते एमाले, माओवादी नेकपा एकीकृत समाजवादी रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो।

जेठ ४ गते सम्म उहाँले विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ। सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने करिब पक्का जस्तै भएको छ।

सुदूरपश्चिममा ५३ सांसद छन्। सोडारीले बहुमतको लागि २७ मत चाहिन्छ। यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन्। नाउपामा आन्तरिक विवाद छ। रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन्।

सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुने छ। अहिलेसम्म सोडारी सहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएको थिए । ती बाहेकका माओवादी र एमाले अहिले पनि सरकार बाहिर छन्।

माओवादीले विश्वासको मत लगत्तै सरकारमा जाने रणनीति लिए पनि एमालेले भने अर्को निर्णय नहुँदा सम्म सरकारमा नजाने बताएको छ।