काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने बताउनु भएको छ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउने ब्रिफिङ गर्नुभएको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै लामिछानेलाई रोस्टमा जान रोक लगाउँदै आएको थियो।
‘सबै राजनीतिक दलसँग मेरो राम्रोसँग कुराकानी भएको छ। पहिलो उहाँ (रवि लामिछाने)ले बोलिसकेपछि समिति बनाउने कुरा अगाडि बढ्छ भन्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘आज उहाँ (रवि लामिछाने) बोल्न पाउने विश्वास छ। प्रतिपक्षले बोल्न दिनुहुन्छ भन्नेमा आशावादी छौँ।’
समिति बनाउने कुरामा आफूहरू सकारात्मक रहेको भन्दै लामिछानेले बोलेपछि निकास निस्किने बताउनु भयो।
प्रतिक्रिया