अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनसरीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

सुनसरीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली


सुनसरी-सुनसरीमा लागुऔषध कारोबारका आरोपीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।

रामधुनी नगरपालिका–६ इचौलमा बिहीबार बेलुका काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएका छन्। मण्डलको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको लागुऔषध नियन्त्रण ब्यूरोका एकजना अधिकृतले बताउनुभयो। मण्डललाई अहिले उपचारका लागि स्थानीय अस्पताल पठाएको प्रहरीले जनाएको छ।

मण्डलसँगै रहेका श्यामप्रसाद निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ। निरौला इटहरी नगरपालिका ५ का र मण्डल सप्तकोसी नगरपालिका ५ का हुन्।

उनीहरुसँग लागुऔषध रहेको सूचनापछि पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

आरोपीहरूको साथबाट प्रहरीले २१० ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।