अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इरानका राष्ट्रपति इब्राहिम रहिसी चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त

इरानका राष्ट्रपति इब्राहिम रहिसी चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त


तेहरान – इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानका गृहमन्त्री अहमद वाहिदीले दुवैजना हेलिकोप्टरमा सवार भएको पुष्टि गरेका छन् ।

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमति समेत अन्य व्यक्ति पनि सवार भएको जनाइएको छ ।
इरानको सरकारी मिडियाका अनुसार ‘हार्ड ल्यान्डिङ’ गर्नु परेको बताइएको छ । उद्धारका लागि एक उद्धार टोली घटनास्थलतर्फ गएको जनाइएको छ । खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।