अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी आठ कार्यसुची सहित आजको संसद बैठक,काँग्रेसले के गर्ला ?

यी आठ कार्यसुची सहित आजको संसद बैठक,काँग्रेसले के गर्ला ?


काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकका लागि संसद् सचिवालयले आठवटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूचीको पाँच नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उल्लेख छ ।

संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने । र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।