अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै छटपटाएकाे छ: अध्यक्ष ओली

सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै छटपटाएकाे छ: अध्यक्ष ओली


विराटनगर-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस एकछिन सरकारमा नहुँदा पानीबाट निकालेको बगरको माछा जस्तै छटपटाएकाे बताउनुभएकाे छ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन्। साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन्। बाह्य हस्तक्षेप बढ्दो छ। यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ। त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन। कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ। जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ। अचम्मको स्थिति बनाएको छ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ।’

कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ ।’

 कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ केटाकेटीले जिद्धी गरेजस्तो गरेको अध्यक्ष ओलीले बताउनु भयो। अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्ने गरेको उहाँले बताउनु भयो। कांग्रेसले कसैको इज्जत गर्न नजानेकाे उहाँले बताउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ।’

Skip This