झापा- झापामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पूर्वविश्चम एशियन हाइवेको पूर्वी खण्ड शिलान्यास गर्दै हुनुुहुन्छ । अध्यक्ष ओलीले विहान ११ बजे कमल गाउँपालिकाको पाडाजुँगीमा हाइवेको शिलान्यास गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो । दुईलेनको पूर्वपश्चिम राजमागलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार चार लेन बनाउने काम अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरु गरिएको हो । सुरुवाती खण्ड बुटवल नारायणगढ निर्माणको काम अहिले भइरहेको छ । आज शिलान्यास हुने काकरभिटटा -लौकही खण्ड ९५ किलोमिटर रहेको छ । यो सडक एशियाली विकास बैंकको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो । शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ पनि झापा जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीले आजै झापा क्षेत्र नं ४ को शिवगञ्ज- मदगाछ खण्डको कनकाई पुलको पनि शिलान्यास गर्ने कार्यक्रम छ । दिउसो १ बजे यो पुलको शिलान्यास हुने साँसद एलपि साँवाले जानकारी दिनुभयो । आज अध्यक्ष ओलीले निर्वाचन क्षेत्र नं ५ को गौरीगञ्ज स्थित चर्चित कपडा उद्योग केटिएम सिटी उद्योगको उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिनुभयो । गौरीगञ्जको कार्यक्रम अपरान्ह साढे ३ बजे हुनेछ ।
अध्यक्ष ओलीले भोली एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्नुहुनेछ । भोली नै मोरङको सुन्दर हरैंचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्धटन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले भोली नै विराटनगर पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेर काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया