अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भन्नुभयो: अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भन्नुभयो: अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको टिप्पणी गर्नुभएको छ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उहाँले बताउनु भयो।

बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ ?’  भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने बताउनु भयो।  उहाँले भन्नभयो, ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु। बढ्ता हो-होल्ला गर्नु आवश्यक छैन ।’

सरकारले रिसिबी साँध्यो भन्ने आरोप छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले यसमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो। उहाँले भन्नभयो, ‘त्यो गलत हो, उहाँसँग किन रिसिबी ?’

सिरोहियालाई दोहोरो नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।